(नेकपा) का अध्यक्ष प्रचण्ड चीन प्रस्थान

title
शनिबार, भदौ ३०, २०७५

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण सकेर फर्केको एक साता नपुग्दै आज चीन प्रस्थान गर्नुभएको छ ।

चीनीयां कम्युनिष्ट पार्टीसंगको सम्बन्ध सुधार र दुई मुलुकबीच भएका महत्वपूर्ण सहमति कार्यान्वयनको वातावरण बनाउन दाहाल चार दिनका लागि चीन जानुभएको हो । चीन प्रस्थान गर्नुअघि शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरागर्दै प्रचण्डले कम्युनिष्ट पार्टीको निमन्त्रणमा पार्टी टु पार्टी सम्बन्ध केन्द्रित भ्रमणमा जान लागेको प्रस्ट पार्नुभयो ।

प्रचण्ड भारतको ३ दिन राजनीतिक भ्रमण सकेर काठमाडौ फर्के लगत्तै चीन जानुलाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ । अहिले नेकपाका केन्द्रिय सदश्यहरु सहितको अर्को टोली पनि चिन भ्रमण मै छ ।