नेकपा बैठक अाज पनि बस्दै

title
आइतवार, मंसिर ९, २०७५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का शीर्ष नेताहरुको अनौपचारिक बैठक आज पनि बस्दैछ । दुई दिन देखि जारी सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाड गर्न नसकेपछि आजको शीर्ष नेताको बैठकबाट टुंग्याइने नेकपाले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्हका लागि बैठक बोलाइएको छ ।

नेकपाका केन्द्रीय सदस्यको कार्यबिभाजनबारे शीर्षनेताहरुले छलफल गर्ने भएका हुन् । हिजो बसेको सचिवालय बैठकमा केन्द्रीय सदस्यको कार्य्विभाजनबारे छलफल प्रारम्भ भए पनि नटुंगिएकाले आज छलफल हुने गरी बैठक सारिएको थियो ।

शीर्ष नेताहरुले आज गर्ने छलफलमा केन्द्रीय सदस्यको कार्यबिभाजन टुंगो लगाएर भोलिको स्थायी कमिटि बैठकबाट अनुमोदन गराउदै जनवर्गीय संगठनको एकीकरण टुंगोमा पुर्याइने सहमति भएको छ । नेकपाको एकतापछि ४ सय ४१ केन्द्रीय सदस्य रहेका छन् । पार्टीको एकिकरणमा ढिलाई हुँदा सबै जिम्मेवार विहिन बनेका छन् ।