नेकपा सचिवालय बैठक जारी

title
शनिबार, मंसिर २२, २०७५

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सनिवार बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा तल्लो तहको एकता प्रक्रियाका विषयमा छलफल हुने नेताहरुले जनाएका छन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकता भएपछि झन्डै साढे चार सयको केन्द्रीय समिति बनाइए पनि नेकपाले नेताहरुको कार्य बिभाजन गर्न सकेको छैन ।

केन्द्रिय नेताहरु जिम्मेवारीविहीन रहेको र तल्लो तहका कमिटी एकतामा समस्या देखिएको सन्दर्भमा बैठक बस्न लागेको नेता कृष्ण गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

साथै बैठकमा केन्द्रीय सदस्यको कार्यविबभाजन, पोलिटब्यूरो गठन तथा स्थायी समिति बैठकको एजेन्डाका विषयमा समेत छलफल हुंदैछ ।