नेपालका गाईगोरु बंगलादेशतर्फ तस्करी

title
आइतवार, साउन २०, २०७५

काठमाडौं । तस्करी समहुले नेपालको पहाडी क्षेत्रबाट गाईगोरु संकलन गरी बंगलादेशतर्फ तस्करी गर्ने गरेको खुलेको छ ।

नुवाकोट प्रहरीले सिन्धुलीको सिन्धुलीगढी २ का अनिल मोक्तानलाई दुई ट्रक गाईगोरुसहित देवीघाटबाट पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो ।

प्रहरीका अनुसार उनले नुवाकोटको लिपु, गुप्तेश्वर, शिवपुरीलगायतका क्षेत्रबाट गाईगोरु जम्मा गरी बंगलादेशतर्फ लैजान लागेका थिए । यो खबर आजको नयाँ पत्रिकामा छापीएको छ ।