नेपालको अर्थतन्त्र खतरामा नरहेको स्पष्ट : अर्थमन्त्री खतिवडा

title
बुधबार, भदौ १३, २०७५

काठमाडौ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अहिलेको अवस्थामा नेपालको अर्थतन्त्र खतरामा नरहेको स्पष्ट पार्नुभएको छ ।

बुधबार काठमाडौमा आयोजित आर्थिक पत्रकार समाज (सेजन)को १९औं साधारणसभामा खतिवडाले मुलुकको अर्थतन्त्र सुधारका लागि अहिले काम भइरहेको र नतिजा आउनका लागि केही समय लाग्ने समेत बताउनुभयो । नेपालको इतिहासमा लगातार दुईपटक ६ प्रतिशत माथिको आर्थिक वृद्धि भएको र अहिले त्योभन्दा माथि पुग्ने समेत खतिवडाले बताउनुभयो ।

राजनीतिक संक्रमण सकिएपनि अहिले कानुनी संक्रमण समाप्त भईनसकेको भन्दै उहाँले निजी क्षेत्रका सुझाब सहित अघि बढ्ने बताउनुभयो । लगानी कर्ताको लगानी सुरक्षित गर्न सरकार केन्द्रित रहेको उहाँले बताउनु भयो ।