नेपालको दोस्रो जित, छनोट सम्भावना कायमै

title
आइतवार, भदौ १७, २०७५

काठमाडौं । एसियाकप छनाैट चरणको चौथो खेलमा सिंगापुरलाई ४ विकेटले हराउँदै नेपालले आगामी एसिया कप क्रिकेट खेल्ने सम्भावना कायमै राखेको छ। मलेसियामा जारी छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको हो ।

सिंगापुरविरुद्ध एक सय ५२ रनको लक्ष्य नेपालले २८ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो । नेपालको पारीमा अनिल शाहले ४३, दीपेन्द्रसिंह एेरीले ३३ र ज्ञानेन्द्र मल्लले २९ रन बनाए ।

यसअघि नेपालले सिंगापुरलाई ४२ ओभरमा एक सय ५१ रनमा समेटेको थियो। नेपालका बलर सन्दीप लामिछाने र सोमपाल कामीले तीन तीन विकेट हात पारे ।

अब अन्तिम खेलमा मंगलबार हङकङलाई हराउन सकेमा नेपालको शीर्ष दुईस्थानमा पर्ने सम्भावना कायमै रहन्छ । त्यसका लागि यूएई र ओमानमध्ये एक टोलीले कम्तीमा दुई वटा हार ब्यहोर्नु पर्ने छ ।