नेपालबाट ७७ जना देशनिकाला

title
आइतवार, पुस २२, २०७५

काठमाडौं । सरकारले वैशाखयता विभिन्न २४ देशका ७७ जना विदेशी नागरिकलाई देशनिकाला गरेको छ ।

गृह मन्त्रालयका अनुसार भिसाविना नै नेपाल बसेका, लागुऔषध कारोबार तथा आपराधिक क्रियाकलापमा संलग्नदेखि धर्म परिवर्तन गराउनेलाई देशनिकाला गरिएको हो ।

देशनिकालामा पर्ने नागरिकहरुमा पाकिस्तानका सबैभन्दा बढी २३ जना रहेका छन् । समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।