नेपालले हङकङलाई दियो ९६ रनको लक्ष्य

title
मङ्लबार, भदौ १९, २०७५

काठमाडौं । एसिया कप छनोटका महत्वपूर्ण खेलमा नेपालले हङकङलाई ९६ रनको लक्ष्य दिएको छ । आजको खेलसँगै नेपालको एसिया कपमा छनौटका लागि फाइनल खेल्ने सम्भावना पनि लगभग समाप्त भएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले लगातार विकेट गुमाउँदा हङकङविरुद्ध खराब प्रदर्शन गर्न बाध्य भयो । नेपालका लागि आरिफ शेख र बसन्त रेग्मीले सर्वाधिक ३४ रनको मात्रै साझेदारी गरेका छन् ।

नेपालका ओपनर सुवास खकुरले पहिलो ओभरमै आउट भए । पहिलो बल फेस गेका सुवास आउट भएपछि नेपालको विकेट पतनको श्रृङखला शुरु भएको हो । कप्तान पारस खड्का र अनिल साहले २२ रनको साझेदारी गरेका थिए ।
तर नेपालको स्कोर २२ रन हुँदा कप्तान खड्का व्यक्तिगत १४ रनमा आउट भएका थिए । ज्ञानेन्द्र मल्ल र अनिलले नेपाली इनिङलाई अघि बढाउने क्रममा जम्मा २१ रनको साझेदारी गरे ।

त्यसपछि तेस्रो विकेटको अनिल कुमार साह नेपालको स्कोर ४४ हुँदा १५ रन बनाएर पेभेलियन फर्किए ।  उप कप्तान ज्ञानेन्द्र पनि त्यस लगत्तै ४७ स्कोर हुँदा १२ रन बनाएर आउट भए । ५३ रन बनाउँदा नेपालले पाँच विकेट गुमाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा सागर पुन पनि ७ रनमा आउट भए ।
सातौ विकेटका रुपमा नेपालका सोमपाल कामी खातानै नखोलि आउट भए । उनले १२ बलको सामना गरे पनि रन बनाउन नसक्दा नेपालले ७ विकेटको नोक्सानीमा ५८ रन बनाएको थियो ।

मोहम्मद आरिफ सेश र बसन्त रेग्मीले ७२ बलमा ३४ रनको साझेदारी गरेपछि नेपालको स्कोर ८ विकेटमा ९२ रन पुगेको हो । आरिफ १८ रनमा आउट भएका थिए । थप ३ रन जोड्दा नेपालले बाँकी २ विकेट गुमाएको थियो । सन्दीप लामिछानेले २ रन जोड्दा ललितनारायण राजबंशी सून्य रनमा आउट भए । नेपालका बसन्त रेग्मी १५ रनमा नट आउट रहे ।