नेपालसम्मैको जलमार्ग आफ्नै लगानीमा भारतले बनाइदिने

title
सोमवार, असार ३२, २०७५

काठमाडौैं । भारतले आफ्नै लगानीमा स्थलगत जलमार्ग नेपालसम्म जोडिदिने भएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

समाचारका अनुसार ‘नेपाल–भारत स्थलगत जलमार्ग’ निर्माणका विषयमा छलफल गर्न आएको भारतीय टोलीले नेपालसम्म नै जलमार्ग निर्माण गर्ने योजनाबारे नेपाली पक्षलाई जानकारी गराएको हो ।