नेपाली ‘गुगल व्वाय’ आदित्यको परिकल्पनामा बनेको मन्दिर उद्घाटनका लागि ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा

title
शनिबार, चैत्र ३०, २०७५

काठमाडौँ । काठमाडौंको गौरीघाटमा अनौठो ढाँचामा बनाइएको शिवमन्दिरमा शनिबार प्राणप्रतिष्ठा गरिएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काग्रेसका सभापति शेर वहादुर देउवा लगाएतको उपस्थीतिमा उक्त मन्दिरमा प्राणप्रतिष्ठा गरिएको हो ।

मन्दिर एउटा जनावरको आकृतिमा छ, जसको अगाडिको भाग गाई तथा बीच र पछाडिको भाग नन्दीको आकृति बनाइएको छ । नन्दीको पेटमा चाँदीको ढोका बनाएको छ भने भित्र पञ्चमुखी शिवलिंग राखिएको छ । नन्दीको पिठ्यूमाथि १८ फिट अग्लो ब्रम्हा, विष्णु र महेश्वरको तीन भागमा विभाजित त्रिगजुर रहेको छ भने पछाडि त्रिशुल–डमरु रहेको छ ।

मन्दिरको परिकल्पना ९ वर्षे विलक्षण क्षमताका बालक आदित्य दाहालले गरेका हुन् । शनिबार मन्दिर परिसरमा आयोजित कार्यक्रममा मन्दिर निर्माणमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले बिना स्रोतको ज्ञान आदित्य भएको र उनको अभिव्यक्तिमा सार र बिचार भएको भन्दै प्रसंसा गर्नुभयो । त्यस्तै नेकपा अध्यक्ष दाहालले आफ्नै पुज्जनीय चिन्तकहरु नेपालमा जन्मनु गौरव भएको बताउनुभयो ।

हरेक व्यक्तिहरुको विश्वास र आस्था फरक फरक भएपनि जस्को धरोहर नेपाली नै हुनु गौरव भएको उहाको भनाई छ । त्यस्तै काग्रेस सभापति देउवाले प्रतिभाशाली व्यक्ति आदित्य नेपालकै गौरव भएको बताउनुभयो । मन्दिरको जगदेखि गर्भगृह हुँदै शिवलिंग, पर्खालको दायाँबायाँ भागमा क्यानभासमा बनाएको शिवपार्वतीको विचित्र पेन्टिङ, सिलिङ र गजुर, ढोकाको डिजाइन सबैको खाका आदित्यले दिएको बताइएको छ । करिब डेढ वर्षको अवधिमा मन्दिर तयार भएको हो । शनिबार नै आदित्यको व्रतवन्ध र भिक्षादान समेत गरिएको छ ।