नेपाली फिल्ममा निरुताको सक्रियता

title
बिहिबार, मंसिर २०, २०७५

काठमाडौं । एक ताकाकी चर्चित अभिनेत्री निरुता सिंह नेपाली चलचित्रबाट टाढा भएको लामो समय भए पनि अहिले पुनः नेपाली चलचित्रमा सक्रिय हुन थालेकी छिन् ।

पछिल्लो पटक छोटै रोल भए पनि चलचित्र नाई नभन्नु ल– ५ मा देखिएकी निरुता मह जोडिको नयाँ चलचित्र दाल भात तरकारीमा देखिँदैछिन् । त्यतिमात्र नभएर उनी अर्को चलचित्रमा समेत अनुबन्धित भएकी छिन् ।

अभिनेत्री निरुता करिब एक दशक नेपाली फिल्म बाट टाढा रहिन् । उनि विकासराज आचार्यकै निर्देशन हुने फिल्म ‘हजार जुनी सम्म’ मा खेल्ने भएकी छन् । अभिनेत्री र निर्देशकको यो दोस्रो सहकार्य हुनेछ ।

निरुतालाई ‘नाइँ नभन्नू ल ५’ बाट विकासले नै कमब्याक गराएका थिए । हाल निरुता मह सञ्चारको फिल्म ‘दाल भात तरकारी’ गर्न मुम्बईबाट नेपाल आएकी छन् । अझै २ महिना उनी नेपालमा नै रहने बताइएको छ । फिल्ममा उनी हरिवंश आचार्यको श्रीमतीको भूमिकामा देखिँदैछिन् ।

यस फिल्ममा उनि बाहेक स्वस्तिमा खड्का, आर्यन सिग्देल, प्रियंका कार्कीलगायतका कलाकारहरु फाइनल भइसकेका छन् । ‘नाइँ नभन्नू ल ५’ मा कमब्याक भएपनि निकै कम रोलमा उनलाई दर्शकले देख्न पाए ।

तर पनि उनको भूमिकालाई दर्शकले रुचाएका थिए । त्यसैले पनि उनको कमब्याकलाई सफल मानिएको थियो । विकासराजको ‘हजार जुनी सम्म’मा भने निरुताले लिड रोलको भूमिका निमाउने बताइएको छ ।