नेपाली फिल्ममा सन्नी लियोनी

title
सोमवार, कार्तिक १९, २०७५

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाली चलचित्रमा देखिने भएकी छिन् । उनी ‘पासवर्ड’ नामक नेपाली चलचित्र अभिनय गर्न लागेकी हुन् । एबी इन्टरनेशनलले पहिलो पटक निर्माण गर्न लागेको ‘पासवर्ड’मा सन्नीको आइटम डान्ससमेत रहने बताइएको छ ।

चलचित्रबाटर सन्नीले ट्वीट गर्दै खुशी व्यक्त गरेकी छिन् । उनले ट्वीटमा लेखेकी छिन्–‘बहुप्रतिक्षित नेपाली चलिचित्र ‘पासवर्ड’ को डान्स नम्बरमा हिस्सा बनाउँदा म निकै खुसी छु ।’‘सन्नी यसका लागि उत्साहित छिन् र नेपाली चलचित्रलाई माया गर्नुपर्छ भन्ने मन बोकेकी बलिउड अभिनेत्री हुन’ यसअघि एबी इन्टरनेशनलले जारी गरेको विज्ञप्तिमा पनि उल्लेख गरिएको छ ।

सन्नीले चलचित्रका मुख्य अभिनेता बिक्की जोशीसँग स्क्रिन सेयर गर्ने बताइएको छ । निर्माण पक्षका अनुसार फिल्मको ९८ प्रतिशत छायांकन बेलायत र दुई प्रतिशत नेपालमा हुने चलचित्रले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्ष कथाको रुपमा उठाउने निर्माण कम्पनीको भनाइ रहेको छ ।

फिल्ममा सन्नी र विक्की जोशीसहित दुई नवनायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङको, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेतको समेत अभिनय रहनेछ । सस्पेन्स, एक्सन र थ्रीलर जनरामा बन्ने चलचित्र सम्राट बस्नेतले निर्देशन गर्न लागेका हुन् । उनको यो निर्देशनमा डेब्यु चलचित्र हो । यसअघि उनले दर्जनौं चलचित्रमा एक्सन र कोरियोग्राफी गरेका छन् ।