
काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली सांसदहरुको प्रतिनिधिमण्डलले भारतीय विदेशमन्त्री डा. एश जयशंकरसँग भेटवार्ता गरेको छ ।
प्रतिनिधिसभाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा रहेको नेपाली सांसदहरुको प्रतिनिधिमण्डलसँग भारतीय विदेशमन्त्री जयशंकरले भेट गरेका हुन् ।
सो भेटमा दुई देशबीच साझेदारीलाई प्रगाढ बनाउनेबारे छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले जनाएका छन् । नेपाली प्रतिनिधिहरुले पनि भारतसँगको सम्बन्ध र सहकार्य बलियो बनाउने आफ्नो धारणा राखेका थिए ।