नेपाल एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगियो, चरासँग ठोक्किँदा ग्राउण्डेड

title
शुक्रबार, भदौ २२, २०७५

काठमाडौं – नेपाल यएरलाइन्सको विमान चरासँग ठोक्किएपछि केही दिन उड्न नसक्ने भएको छ । मलेसियाबाट फर्कने क्रममा बिहीबार त्रिभुवन विमानस्थलमा चरासँग ठोकिएको एयरबस ए ३२० ए के डब्लु ग्राउण्डेड भएको नेपाल वायुसेवा निगमले जनाएको छ ।
चरासँग ठोक्किँदा पखेटामा क्षति पुगेकाले एयरबस कम्पनीसँग छलफल गरी मर्मत गर्नुपर्ने भएकाले विमान केही दिन उड्न नसक्ने निगमले जनाएको छ ।