नेपाल कन्सुलर मोवाइल एप सार्वजनिक

title
बुधबार, फाल्गुन ८, २०७५

काठमाडौँ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा बिभागले जनतालाई छिटो, सुलभ र पारदर्शी सेवा दिनका लागी नेपाल कन्सुलर मोवाइल एप सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबिच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त मोवाईल एपको शुभारम्भ गर्नुभएको हो । सेवाग्रहीले अव मोवाईल एपबाटै आवदेन दिन सक्ने , आवेदनको प्रक्रियाको अवस्था, कुनै गल्ती भए वा नभएको स्वयं हेर्न सकिनेृ बिभागले जनाएको छ । त्यस्तै मोवाइल एपबाट सार्वजनिक सेवाप्रतिको सहज तथा प्रभावकारी पहँच हुने समेत बिभागले जनाएको छ । मोवाईल एपको शुभारम्भ गर्दे मन्त्री ज्ञवालीले सेवाग्राहीले भोग्नुपरेको समस्या मोवाईल एपबाट न्युनिकरण हुने बिश्वास गर्नुभयो ।

त्यस्तै उहाले समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्नका लागी सरकार प्रतिवद्ध रहेको धारणा राख्नुभयो । बैदेशिक रोजगारीमाथि अर्थतन्त्र निर्भर रहेको अवस्थालाई सरकारले अन्त्य गर्न चाहेको भन्दै उहाले त्यसै सिलसिलामा प्रधानमन्त्री रोजगार कार्यक्रम सार्वजनिक गरिएको बताउनुभयो । उहाले सम्पूर्ण शक्ति मुलुकको आर्थिक बिकासमा लैजाने सरकारको सोच रहेको र करबाटै मुलुकको अर्थतन्त्र धान्ने प्रयास गरिने बताउनुभयो ।

नेपाल कन्सुलर मोवाइल एपका कारण विदेशस्थीत नियोगमा कागजी काम कारवाहीम न्युनता आउने, अभिलेख व्यवस्थापनमा सहजता आउने, आवश्यकता अनुसार रिपोर्ट निकाल्न सक्नेछन् भने कन्सुलर बिभागलाई सेवाग्रहीप्रति थप जवाफदेहिता तथा उत्तरदायि बनाउन सहयोग पुग्ने बिभागले जनाएको छ । त्यस्तै घाइते मृतको क्षतीपूर्तिबापत प्राप्त हुने रकमको विबरण पनि अव पारदर्शी हुने विश्वास बिभागको छ ।