नेपाल चिकित्सक संघको आन्दोलन, देशभरका स्वास्थ्य संस्था ठप्प

title
आइतवार, भदौ १७, २०७५

काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छ ।

संघले भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहितामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै आज देशभरको आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने र आगामी बुधबारदेखि आकस्मिकबाहेक देशभरका स्वास्थ्य संस्थामा शल्यक्रिया सेवा पनि बन्द गर्ने घोषणा गरेको हो ।

सरकाले यसअघि भदौ १५ सम्म ऐनमा भएका चिकित्सकमाथिको अपराधीको शैली लक्षित व्यवस्था संशोधन गर्न सहमति जनाए पनि सो समयसम्म माग पुरा नभएका कारण देशैभर आन्दोलन गर्न बाध्य भएको संघले बताएको छ।

यस्तैगरी, संघले आज ५ हजार भन्दा बढी डाक्टरको नेपाल मेडिकल काउन्सिल प्रमाण पत्र लाइसेन्स सरकारलाई बुझाउने भएको छ। डाक्टरले लाइसेन्स बुझाएपछि बिरामी जाँच गर्न पाउँदैनन्।