नेपाल पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेदरल्याण्ड्ससंग पराजित

title
बुधबार, साउन १६, २०७५

काठमाडौं । एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससंग ५५ रनले पराजित भएको छ ।

नेद्ल्याण्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल ४१.५ ओभरमा सबै विकेट गुमाउदै १३४ रनमा सिमित हुँदा ५५ रनले पराजित भएको हो ।

नेपाली क्रिकेट इतिहासमा पहिलो पटक पहिलो एक दिवसीय क्रिकेट सिरिज खेलेको नेपाली टोलीको ब्याटिङ लाइन अप चल्न नसक्दा हार बेहोर्नु परेको हो ।

उत्कृष्ट बलिङका साथ नेदरल्याण्ड्सलाई ४७ दशमलव ४ ओभरमा १ सय ८९ रनमा सिमित गरेपनि ब्याटिङ लाइन चल्न नसक्दा नेपालले हार बेहोरेको हो ।

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धसतकीय पारी खेल । त्यस्तै दिपेन्द्र सिंह ऐरि ३३ रन, कप्तान पारस खड्का १२ र अनिल कुमार शाह २१ रन बनाएर आउट भए ।

सोमपाल कामी, आरिफ शेख, बसन्त रेग्मी र करन केसि भने सुन्य रनमा आउट भए ।

नेदरल्याण्डका लागि मिचेल रिप्पोनले ५१, माइरुगले २९ र लिडीले ३० रनको योगदान दिए पनि अन्य ब्याट्स म्यानले खासै प्रदर्शन गर्न सकेनन् ।

यसअघि नेदरल्याण्डलाई १८९ रनमा समेट्ने क्रममा नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए थिए । उनले १० ओभर बलिङ गर्दै चार विकेट लिँदा २६ रन मात्र दिएका थिए ।

त्यस्तै सोमपाल कामीले तीन, सन्दीप लामिछाने, करण केसी र वसन्त रेग्मीले समान एक र एक विकेट लिए ।

अब नेपालले एकदिवसीय सिरिजअन्र्तगतको दोश्रो खेल शुक्रबार खेल्नेछ ।