नेपाल-भारत लगानी एक्स्पो शुरु

title
बुधबार, जेष्ठ १, २०७६

काठमाडौं- ‘नेपाल-भारत लगानी एक्स्पो’ काठमाडौंमा शुरु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दुतावास र भारतीय फ्रेन्चाईँज कम्पनीको संयुक्त आयोजनामा आजबाट एक्स्पो शुरु गरिएको हो । नेपालमा वैदेशिक लगानी भित्र्याउने मुख्य उद्देश्यका साथ प्रर्दशनी आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन ।

काठमाडौंको दरबारमार्गस्थित याक एन्ड यति होटलमा आयोजना गरिएको एक्स्पोको दोस्रो दिन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । एक्स्पोमा दुवै देशका करिव ६० वटा ब्रान्डेड कम्पनीहरुले भाग लिएका छन ।

एक्स्पोको दोस्रो दिन बिहीबार नेपालमा उद्यम विकासको मार्ग चित्र र त्यसका लागि आवश्यक लगानीका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।