नेपाल मलेसियाबिच श्रम सम्झाैताः कामदारले कुनै शुल्क तिर्न नपर्ने

title
सोमवार, कार्तिक १२, २०७५

काठमाडौं । नेपाली कामदार मलेसिया जान लागेको १७ वर्षपछि नेपाल र मलेसियाली सरकारबीच नेपाली कामदार लैजाने विषयमा समझदारी भएको छ । मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन र नेपालका श्रम मन्त्री गोकर्ण विष्टले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै अब नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् ।  श्रम, राेजगार तथा सामाजिक मन्त्री विष्टका अनुसार भिसा प्रक्रियामा समेत कुनै पनि शुल्क लाग्ने छैन भने अन्य प्रक्रियाका लागि लाग्ने सबै खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने गरी सम्झौता भएको छ ।

कामदारका परिवारका कुनै पनि सदस्यको मृत्यु भएका श्रमिकले १५ दिन बिदा पाउनेसमेत सम्झौतामा उल्लेख गरिएको छ ।