नेपाल र नेदरल्याण्ड्सबीचको दोस्रो एकदिवसीय खेल जारी

title
शुक्रबार, साउन १८, २०७५

काठमाडौ । नेपाल र नेदरल्याण्ड्सबीचको दोस्रो एकदिवसीय खेल शुक्रवार हुँदैछ । नेपाली समयअनुसार खेल दिउँसो पौने तीन बजेबाट शुरू भएको छ ।

पहिलो एकदिवसीमा उत्कृष्ट बलिङ गरेपनि ब्याट्सम्यानहरु जम्न नसक्दा नेपाल ५५ रनले पराजित भएको थियो । त्यसले पनि नेपालले आजको खेलमा उत्कृष्ट नतिजाको अपेक्षा गरेको छ ।

यसैबीच आजको खेलमा नेपाललाई अर्को चुनौती थपिएको छ । नेपालका अलराउण्डर शरद भेषावकर खेल खेल्न नसक्ने भएका छन् । अघिल्लो एकदिवसीय अन्तर्गत बुधबार भएको खेलमा फिल्डीङ गर्दा औलामा चोट लागेका भेषवाकर आज नखेल्ने भएका हुन् ।

नेदरल्याण्ड्सविरुद्धको खेल नेपालका लागि डेब्यु भएपनि शक्ति गौचनका लागि भने अन्तिम खेल हो ।