नेपाल र भारतको सिमा नजिककै प्रधानध्यापकको गोली हानी हत्या

title
बिहिबार, अशोज ४, २०७५

ध्रुव ढकाल / सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर २ भुटाहमा एक स्कुलका प्रधानध्यापकको गोली हानी हत्या गरिएको छ ।

सिमा पारीबाट भारतीय नम्बर प्लेटको मोटरसाईकमा आएका सार्प सुटरले स्थानिय रैयन पब्लिक स्कुलका प्रधानध्यापक खुर्सीद आलमको गोली हानी हत्या गरेका हुन । नेपाल र भारतको सिमा नजिककैको स्थानमा उनलाई गोली हानिएको हो ।

मोटरसाइकलमा चढेर आएका दुई जनाले आलमलाई गोली हानेको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले जानकारी दिनु भयो । मृतक आलम पूर्व एमालेका स्थानीय नेता समेत रहेको बताइएको छ । गोली हानेर भागेका सार्प सुटरहरु भारत तिर भाग्न खोज्दा घुस्की प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीसंग पनि गोली हानाहान भएको थियो ।

त्यसक्रममा गोली लागि प्रहरी पनि घाईते भएको बताईएको छ । घाईते मध्ये शिवलाल पौडेलको नाम मात्र खुलेको छ । तर कति प्रहरी घाईते भन्ने यकिन तथ्य बाहिर आउन सकेको छैन । अहिले नेपाल भारत सिमा सिल गरिएको छ । ठुलो संख्यामा प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जानकारी दिएको छ ।

सार्प सुटरहरु भारत तर्फ भागेका कारण भारतीय प्रहरीको सहयोगमा खोजी कार्य भईरहेको सुनसरीका प्रहरी उपरिक्षक राजन अधिकारीले जानकारी दिनु भएको छ ।