नेविसंघको प्राण बच्यो, माघ २ गतेभित्र महाधिवेशन !

title
सोमवार, मंसिर ३, २०७५

काठमाडौँ – नेपाल विद्यार्थी संघ १२ औं महाधिवेशन गर्नका लागि २ महिना समय थप गरी विधान संसोधन गरिएको छ ।

आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेविसंघको विधान पारित गर्दै माघ २ गतेभित्र महाधिवेशन गर्न समय थप गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।