नेविसंघ महाधिवेशन अन्यौल

title
आइतवार, माघ ६, २०७५

कुलचन्द्र विष्ट । काठमाडौं – वर्तमान केन्द्रिय समितीको कार्याकाल सकिएको ५ महिना बित्दासमेत माऊपार्टी नेपाली कांग्रेसले नेविसंघको महाधिवेशन गराउने मिति तोक्न सकेको छैन । पछिल्लो समय महाधिवेशन गराउन भन्दै थपिएको २ महिनाको समय समेत गुज्रिएको छ तर महाधिवेशन कहिले हुन्छ अत्तोपत्तो छैन । अब महाधिवेशनका लागि अहिलेको कार्यसमितिलाई दवाव दिने की, तदर्थ समिति बनाउने की, आसन्न स्ववियु चुनावमा केन्द्रित हुने भन्नेमा कांग्रेस अलमलमा छ ।

त्यसोत, सयममै महाधिवेशन गराउन नसकेपछि थपेको ४ महिनाको समय बिना उपलव्धी सकिएपछि नेपाली कांग्रेस भित्र नेविसंघको वर्तमान कार्यसमितिलाई निरन्तरता दिने की भंग गर्ने भन्ने बिबाद चर्किएको छ । संगठनको विधानमा २ वर्षे कार्यकाल रहने र महाधिवेशन हुन नसके ३ महिना समय थप्न सकिने व्यवस्था भएपनि त्यसलाई संशोधन गरेर ५ महिना बनाई सकिएको छ । त्यसैको परिणाम, नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिले ५ महिना थप गुजारेको छ । तर यो बीचमा महाधिवेशन गर्न नसकेपछि आलोचीत् कार्यसमिति भंग गर्न दवाव परिरहेकै बेला कांग्रेस नेतृत्वले पुनः अबैधानीक कार्यसमितिको आयु बढाउन कसरत थालेको छ ।

यसअघि दुई महिना म्याद थप्ने संस्थापनको निर्णयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुनरसिंह केसी लगायतले विरोध गरेका थिए । अहिले पनि संस्थापन इत्तरका नेताहरुको तिब्र असन्तुष्टि छ । बैधानीकता गुमाई सकेको कार्यसमितिलाई संक्षण गरेको भन्दै यो बीचमा, कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा युवा विद्यार्थीले धर्ना दिएका छन् । पटक पटक म्याद थपिँदा पनि महाधिवेशन गर्न नसक्ने कार्यसमितिलाई निरन्तरता दिन नदिन नेतृत्व माथि निरन्तर दवाव परिरहेको छ ।

तर नेवि संघका जिम्मेवार युवा विद्यार्थी नै महाधिवेशन गर्न ३ महिना थप गर्न पाईने व्यवस्था रहेको तर पार्टीले उमेर विवाद लगाएतका बिषयमा खेल्न खोज्दा २ महिना खेर गएकाले समस्या परेको बताउंछन् । यता नेवि संघको वर्तमान कार्यसमिति तत्काल भंग गरि तदर्थ समिति बनाउनुपर्ने पक्षमा रहेका केहि नेताले भने अध्यक्ष नैनसिंह महरले आगामी माघ १० गते अघि कुनैपनि गतिविधि गरे अनपेक्षित कारबाही हुने चेतावनी दिई रहेका छन् ।

संस्थापन इत्तरका नेताहरु अध्यक्षको व्यक्तिगत स्वार्थ र माउ पार्टीको नांगो हस्तक्षपका कारण महाधिवेशन हुन नसकेको दावी गर्छन् । बिबाद कै बीच, आगामी माघ १० गते नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ र त्यसपछि नेविसंघको भविश्य थप स्पष्ट हुने अपेक्षा धेरैको छ । तर महाधीवेशन गर्नै नसक्ने असक्षम नेतृत्व खारेज गरेर तदर्थ समिति गठन गर्नुपर्ने असन्तुष्ठको माग सुन्न अध्यक्ष महर नै तयार छैनन् । हुन त कांग्रेसको नेतृत्वमा नेवि संघकै राजनितीबाट स्थापीत नेताको वाहुल्यता छ । तर नेविसंघ भने गुटगत राजनितिका कारण थिलथिलो वन्दै गएको छ । जसको असर पार्टीको राजनीतिमा मात्र हैन निकट भविश्यमा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत पर्ने निश्चित् छ ।