नेसन्स लिग : रोनान्डोले गरे ह्याट्रिक, पोर्चुगल फाईनलमा

title
बिहिबार, जेष्ठ २३, २०७६

एजेन्सी । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा पोर्चुगल नेसन्स लिगको फाईनलमा प्रवेश गरेको छ । स्विटजरल्याण्डलाई तीन एक गोल अन्तरले हराउँदै पोर्चुगल उपाधी नजिक पुगेको हो । पोर्चुगलका लागि खेलको २५औ मिनेटमा रोनाल्डोल गोल गर्दैे टिमलाई सुरुवाती अग्रता दिलाए ।

त्यपछि ५७औ मिनेटमा रचार्डो रोड्रिग्वेजले गोल गर्दै स्विटजरल्याण्डलाई बराबरीमा फर्काए । तर, खेलको अन्तिम तीन मिनेटमा दुई गोल गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गर्दै पोर्चुगलको जित सुनिश्चित गरे । अब पोर्चुगलले उपाधिका लागि बिहिबार हुने ईङ्ल्याण्ड र नेदरल्याण्डबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । फाईनल खेल भने आईतबार पोर्टोमा हुनेछ ।