न्युजिल्याण्डले दियो २४० रनको लक्ष्य, लगातार विकेट गुमाएको भारत दबाबमा

title
बुधबार, असार २५, २०७६

ऐजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्र्तगत पहिलो सेमिफाईनल खेलमा न्यूजिल्यान्डले भारतलाई जितका लागि २४० रनको लक्ष्य दिएको छ । अहिले भारत जवाफी ब्याटिङ गरिरहेको छ । तर, सुरुमै विकेट गुमाउँदा भारत दबाबमा परेको छ । भारतका मुख्य ब्याट्सम्यान रोहीत शर्मा, विराट कोहली र केएल राहुल पवेलियन फर्किसकेका छन् ।

इंग्ल्याण्डस्थित ओल्ड ट्राफोर्डमा न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३९ रनको योगफल तयार ग¥यो । वर्षाका कारण मंगलबारको स्थगित हुँदा ४६.१ ओभरमा न्यूजिल्याण्डले ५ विकेटको क्षतिमा २११ रन बनाएको थियो ।

सोही अवस्थाबाट शुरु भएको खेलमा न्यूजिल्याण्डले आज थप २८ रन जोड्न सक्यो । उसका लागि रोस टेलरले ७४ र कप्तान केन विलियम्सनले ६७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै हेनरी निकोलसले २८ रन जोड्दा जेम्स निसलले १२ रनको योगदान गरे । यता, बलिङ तर्फ भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए ।

त्यस्तै, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा, जस्प्रित बुम्राह र युजभेन्द्र चहालले समान एक–एक विकेट हात पारे । मंगलबार म्यानचेस्टरमा वर्षाले प्रभावित गरेपछि न्युजिल्याण्डले ब्याटिङ गरिरहदा खेल स्थगित भएको थियो । वर्षाले रोकिएको खेल रिजर्भ डेको दिन आज पुनः खेलाइएको हो । यी दुई टोलीबीचको विजेताले उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग भेट पक्का गर्नेछ ।