पत्नीको हत्या गरी फरार तामङको डीएसपीसँग यस्तो बार्गेनिङ

title
शुक्रबार, मंसिर १४, २०७५

काठमाडौं । पत्नी हत्यापछि फरार रहेका दोलखा जिरी नगरपालिका ९ ठूलोपातलका तस्बीर तामाङले जिल्ला प्रहरी प्रमुखसँग बार्गेनिङ गरेका छन् ।
तामाङले डिएसपी बासुदेव पाठकसँग मोबाइलबाट बार्गेनिङ गरेका हुन् । तामाङले सोमबार पत्नी राममायाको हत्या गरेका थिए । पत्नी हत्या लगत्तै फरार भएका तामाङले डिएसपी पाठकलाई मोबाइलबाट ‘आफूलाई प्रहरीले पक्राउ गरे आत्महत्या गर्ने’ बताएको समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ ।