सगरमाथाकर्मीमाथि दुर्व्यवहार गर्नेलाइ कारबाही गर्न पत्रकार महासंघको ध्यानाकर्षण

title
आइतवार, कार्तिक ११, २०७५

काठमाडौँ । यातायात व्यवस्था विभागका निर्देशक चन्द्र साहले समाचार संकलनमा क्रममा सगरमाथाकर्मीमाथि दुव्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघले  ध्यानाकर्षण भएको जनाएको छ ।

सार्वजनिक सेवाको क्षेत्रमा नागरिक र सेवाग्राहीको सहज पहुँच हुनुपर्नेमा विभागका जिम्मेवार अधिकारीबाटै सगरमाथा टेलिभिजनका सम्वाददाता शिखा श्रेष्ठ र क्यामेरा पर्सन अजय हाकुजुलाई धम्की दिँदै समाचार संकलनमा अवरोध गर्दा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको महासंघले ठहर गरेको छ ।

समाचार संकलनका लागि यातायात व्यवस्था विभाग पुगेका श्रेष्ठ र हाकुजुलाई विभागका निर्देशक शाहले पूर्वअनुमति लिएर मात्र समाचार बनाउन भन्दै धम्क्याएका थिए ।

यस्तै नेपाल प्रेस युनियनले पनि दुई पत्रकारमाथि भएको दुर्व्यवहारको भर्त्सना गरेको छ । यातायात ब्यवस्था विभाग सबैभन्दा धेरै आअर्थिक चलखेल हुने सरकारी कार्यालयका रुपमा बदनाम छ ।