पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा

title
बिहिबार, बैशाख ५, २०७६

काठमाडौं । समाचार लेखेकै भरका पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी चार दिनपछि साधारण तारेखमा रिहा भएका छन् ।

ठगी सम्बन्धी पीडितहरुको उजुरीमा आधारित सीआईबीको थुनामा रहेका गिरी काठमाडौं जिल्ला अदालतको आदेशमा रिहा भएका हुन् ।

तान्डव न्यूज साप्ताहिक तथा अनलाइनमा बतास अर्गनाइजेसनका सञ्चालक विपेन्द्र बतासले ठूलो रकम ठगी गरेको जाहेरी परेपछि गिरीले त्यसैलाई आधार बनाएर समाचार लेखेका थिए ।

सोही विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार गिरीलाई साइबर अपराधमा पक्राउ गरी काठमाडौं पठाएको थियो ।