पप्पुको बदमासीले ठेक्का तोडियो

title
मङ्लबार, कार्तिक २७, २०७५

काठमाडौं । कोस्टाल पप्पु कन्स्ट्रसनले सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाई विभागले ठेक्का तोडेको छ । बाँकेमा निर्माणधीन सिक्टा सिँचाइको डँडुवा नहरमा गुणस्तरहिन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुसँगको सम्झौता तोडेको हो । ठेक्का सम्झौता गरेको २८ महिना बित्दा पनि कामको प्रगति निराशाजनक भएपछि पप्पुसँग सम्झौता तोडिएको विभागका महानिर्देशक सरोज पण्डितले बताउनुभयो।

उहाँका अनुसार अहिले सम्म पप्पुले ७ प्रतिशत काम मात्रै गरेको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना सिस्टामा साउदी विकास कोषले दुई अर्ब ४१ करोड रुपैयाँ आर्थिक सहयोग उपल्बध गराएको थियो । पप्पुले काम नगरेपछि दातृ निकायको सहयोग रकमसमेत अलमलमा परेको सिँचाइ मन्त्रालयका एक अधिकारीले बताएको खबर आजको नागरिक दैनिकमा छ ।