परपुरुषसँगको सम्बन्धबाट जन्मिएको शिशुको आमाबाँट हत्या

title
आइतवार, अशोज ७, २०७५

काठमाडौं । आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सम्झना तामाङलाई पक्राउ गरेको छ ।

शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

श्रीमान वैदेशिक रोजगारमा गएको समयमा परपुरुषसँगको सम्पर्कबाट जन्मेको बताइएको छ ।

शिशुको शव रहेको स्थानको घटनास्थल मुचुल्का, उनीसँगको प्रारम्भिक अनुसन्धान, घरपरिवार र स्थानीयवासीले दिएको सूचनाको आधारमा ज्यान मुद्दा अभियोगमा कारबाहीको लागि शनिबार साँझ तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिलाको श्रीमान रोजगारीको सिलसिलामा २९ महिना साउदी बसेर एक महिनाअघिमात्र नेपाल फर्किएका थिए ।