
काठमाडौं । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको हो ।भेटमा नेपाल–भारत सम्बन्ध र सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राणाले सोमबारबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेकी हुन् ।