परिवारलाई थाहै नदिई कतारबाट ल्याइन्छन् कोमाका विरामी

title
शुक्रबार, मंसिर ७, २०७५

काठमाडौँ– आर्थिक लाभका लागि राजधानीको एक निजी अस्पतालले कतारमा कोमामा रहेका बिरामी सुटुक्क ल्याउने गरेको पाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सतुंगलस्थित ओम समाज अस्पतालले पछिल्लोपल्ट रुकुमको चौखावाङ–९ गल्मपाटीका ललितबहादुर बुढालाई परिवारको स्वीकृति नलिई कतारस्थित हमाद अस्पतालबाट ल्याइएको हो ।

बिरामी ल्याएबापत हमादले निश्चित रकम दिने गरेको स्वीकार्दै डा.भीमनाथ खरेलले बिरामी ल्याइसकेको बताए ।