पलको पृथक शैलीलार्इ एलिसाको साथ

title
बिहिबार, मंसिर ६, २०७५

काठमाडौं । बजारमा चल्तिको भिडियो निर्देशक जीवन शाहीको निर्देशनमा नयाँ म्यूजिक भिडियो तयार भएको छ । म्यूजिक भिडियोमा नायक पल शाह र मोडल एलिसा राईले अभिनय गरेका छन् । ‘मलाइ मन पर्यो तिम्रो इसारा’ बोलको गीतको म्यूजिक भिडियको सम्पुर्ण छांयाकन सम्पन्न भएको छ ।

उनले निर्देशन गरेको म्युजिक भिडियोमा नायक पल शाह फरक भुमिकामा देखिएका छन् । राजधानीको फर्पिङमा छायांकन गरिएको म्यूजिक भिडियोलाई अहिलेका चल्तिका छायांकार उत्सव दाहालले खिचेका छन् ।

उनले आफूले निकै मेहनत गरेर भिडियो छायांकन गरेको बताए । मलाई मन प¥यो तिम्रो इसारा बोलको गीतको शब्द खेम रिजालको हो भने कालीप्रसाद बास्कोटाले संगीत भरेका छन् । त्यसैगरी गीतमा झुलेन बरालको श्वर रहेको छ ।

अहिले सम्पादन भइरहेको म्युजिक भिडियोबाट नायक पल शाह र निर्देशक जीवन शाही निकै आशाबादी देखिएका छन् । शाहीले बनिरहेको म्यूजिक भिडियो भन्दा यो भिडियो निकै फरक र रमाइलो भएकोले दर्शक र श्रोताका लागि विशेष हुने दाबी गरे ।