पश्चिम रुकुममा पहिरोमा पाँच घर पुरिए

title
बुधबार, साउन २, २०७५

बद्री पन्त

रुकुम । केहीदिन यता परेको अविरल वर्षाका कारण पश्चिम रुकुममा पाँच घर पहिरोमा पुरिएका छन् । गएरातिबाट परेको वर्षाका कारण माथिबाट आएको पहिरोले पश्चिम रुकुमको चौरजहारी–१ पुरानो बजारका पाँच घर पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।

पहिरोले घर पुरिए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा अन्य १० घर पनि पहिरोको जोखिममा रहेका कारण स्थानीय प्रसाशनले सतर्क रहन आग्रह गरेको छ । पहिरोबाट भएको क्षतिको विवरण आइसकेको नभएपनि प्रहरी तथा स्थानीयले घटनास्थलमा उद्धारको कामलाई तीव्रता दिएका छन् ।