पहिचानसहितको प्रदेश बनाउन माग गर्दै पूर्वी नेपालमा विरोध प्रदर्शन

title
बुधबार, अशोज ३, २०७५

सुनसरी । संघिय लिम्वुवान मञ्च र नेपाल संघिय लोकतान्त्रीक राष्ट्रीय मञ्चले पहिचान विरोध संविधान जारी भएको भन्दै विरोध प्रदर्शन गरेको छ । १ नम्वर प्रदेशका पहिचान वादीहरुको भेलाले सुनसरीको ईटहरीमा संविधान संसोधन गरीे पहिचान सहितको प्रदेश हुनु पर्ने माग सहित विरोध प्रदर्शन गरेका छन् ।

पहिचचानको आधारमा १० प्लस १ प्रान्त कायम गरौं धारा २७४ खारेज गरौं असाज ३ कालो दिन नारा लगाउदै सयांैको संख्यामा कालो झण्डा सहित प्रदर्शनकारीहरु सडमा निस्किएका थिए ।

२०७२ मा जारी संबिधानले पहिचान सहितको संघीयता हुन नदिएको भन्दै संबिधान दिवसलाई आज लिम्बुवानहरुले कालो दिनको रुपमा बिरोध गरेका हुन् । प्रदेश १ लाई लिम्बुवान राज्य कायम बनाउनु पर्ने र संबिभानको धारा २७४ खारेज हुनु पर्ने लिम्बुवानहरुको माग रहेको नेपाल संघिय लोकतान्त्रीक राष्ट्रीय मञ्च अध्यक्ष कुमार लिगंदेनले वताएका छन् ।