पहिरोमा पुरिएर काभ्रेमा बालकको मृत्यु

title
बुधबार, साउन २३, २०७५

काभ्रे । पहिरोमा पुरिएर काभ्रेमा एक १८ महिने बालकको ज्यान गएको छ । मन्डन देउपुर नगरपालिका–१०, नारीनखर्चका हेमबहादुर तामाङको घरमाथि बुधबार बिहान २ बजे खसेको पहिरोमा पुरिएर उनका १८ महिने छोरा दीपकको ज्यान गएको हो ।

घरमा रहेका अन्य २ जनाले भने भागेर ज्यान जोगाएका छन् । प्रहरीका अनुसार, १ सय मिटर माथिबाट खसेको लेदोले १ घर पूर्णरुपमा क्षति भएको छ भने २ वटा टिनको टहरा बगाएको छ ।