पाँचथरबाट शुरु भयो राष्ट्रिय परिचय पत्र वितरण

title
सोमवार, मंसिर ३, २०७५

खबिन लुइटेल । पाँचथर । पाँचथरकी १ सय १ बर्षिय भगवती देवी भण्डारीलाई नेपालकै पहिलो राष्ट्रिय परिचय पत्र प्रदान गरेर सरकारले औपचारिक रुपमा राष्ट्रिय परिचय पत्र वितरण प्रारम्भ गरेको छ ।

पाँचथरको सदरमुका फिदिममा आयोजित एक विशेष समारोहका विच गृहमन्त्री रामबहादुर थापाले फिदिम नगरपालिकाकी भगवती भण्डारीलाई राष्ट्रिय परिचय पत्र प्रदान गरे र उनले जेष्ठ नागरीक भण्डारीकै हातबाट आफ्नो परिचय पत्र लिए । राष्ट्रिय परिचय पत्र वितरण समारोहलाई सम्बोधन गर्दै थापाले यो एउटा ऐतिहाँसिक कदम भएकोले मुलुकमा स्थायित्व कायम गर्न राष्ट्रिय परिचय पत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दावी गरे ।

जेष्ठ नागरिकको हातबाट परिचय पत्र लिन पाउदा शुखी लागेको गृहमन्त्रीले बताएका छन् । नेपालमै पहिलो पल्ट राष्ट्रिय परिचय पत्र लिने १ सय १ बर्षिय भगवती भण्डारीले समेत खुशी ब्यक्त गरिन् । पाचथर जिल्लामा हाल सम्म ५२ हजार नागरिकको तथ्याङ्क संकलन भैसकेको छ । पहिलो चरणमा पाँचथरका १ लाख १० हजार र सिहंदरबारका १० हजार गरेर १ लाख १७ हजार राष्ट्रिय परिचय पत्र वितरणको तयारी गरेको छ । आगामी ३ बर्ष भित्रमा मुलुकका सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र प्रदान गरिसकिने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महा निर्देशक दिपक काफ्ले बताए ।

राष्ट्रिय परिचय पत्र बहुउपयोगी भएकोले यसमा विस्तारै भूमी, मालपोत, शिक्षा, बैंक लगायत सबै विवरण जोडेर एउटा ब्यक्तिको सम्पूर्ण विवरण अटाइने गृह सचिब प्रेम कुमार राईको भनाइ छ । प्रदेश १ को पाँचथरलाई सरकारले विश्वास गरेर यो जिम्मेवारी प्रदान गरेकोमा प्रदेश १ का मुख्य मन्त्री शेरधन राइले नेपाल सरकारलाई धन्यवाद समेत दिएका छन् ।

राष्ट्रिय परिचय पत्र नेपालका प्रत्येक नागरिले प्राप्त गर्ने एक प्रकारको स्मार्ट (एटिएम कार्ड जस्तै) कार्ड हो । त्यहाँ ब्यक्तिका सम्पूर्ण विवरण राख्ने सरकारले तयारी गरेको छ । अहिले सम्म एउटै मानिसका थुप्रै वटा परिचय पत्र रहदै आएकोमा यो कार्डको प्रयोग संगै सबैकुराहरु एउटै कार्डमा राख्ने तयारी सरकारले थालेको हो ।

१० वटा अंकको कार्ड नम्बर रहने यस कार्डको नम्बर हरेक नागरिकको फरक फरक रहने राष्ट्रिय परिचय–पत्र बितरण केन्द्रका महा निर्देशक दिपक काफ्लेले बताए । नेपाल सरकारको २०७४ साल भाद्र १९ गतेको निर्णय बमोजिम नेपालको पाँचथर जिल्ला र सिहंदरबार भित्रका कर्मचारीलाई पहिलो चरणमा कार्ड वितरण गर्ने निर्णय भएको थियो तथापी पहिलो चरणमा पाँचथर जिल्लाबाटै वितरण प्रारम्भ गरेको छ ।

हाल सम्म नागरिकता लिएर बसेका र नागरिकता लिन योग्यता पुगेका नागरिकलाई पहिलो चरणमा पाँचथरमा यो कार्डको वितरण तयरी भैरहेको छ । तर दिर्घकालमा कुनैपनि बालकको जन्म हुदै गर्दा उस्लाइ एउटा १० अंकको नम्बर उपलब्ध गराउने र उसको राष्ट्रिय परिचय नम्बर कायम गर्दै उसलाई सोहिबमोजिम सरकारले राष्ट्रिय परिचय पत्र उपलब्ध गराउने तयारी गरेको छ ।