पाँच घण्टाका लागि कर्फ्यू हट्यो

title
आइतवार, भदौ १०, २०७५

कञ्चनपुर । कञ्चनपुरमा पाँच घण्टाका लागि कर्फ्यू हटाइएको छ । आज(आइतबार) बिहान ५ बजेदेखि १० बजेसम्मका लागि मात्र कर्फ्यू हटाइएको र १० बजेपछि कर्फ्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
निर्मला पन्तको वास्तविक हत्यारा सार्वजनिक गर्नुपर्ने मागसहित शुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएपछि शुक्रबार साँझदेखि भीमदत्त बजार क्षेत्रमा अनिश्चितकालिन कफ्र्यु लगाइएको थियो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू हटाइएको र १० बजेदेखि पुनः कर्फ्यू यथावत रहने उल्लेख छ । कर्फ्यू हटाइएपछि रक्षा बन्धनका लागि सामग्री खरिद गर्नेको बजार क्षेत्रमा निकै भीड लागेको छ ।