पाँच महिनामा ४ दर्जन बढी चलचित्र, सफल भयो जम्मा एउटा

title
आइतवार, अशोज २१, २०७५

काठमाडौं । २०७५ को सुरुवातदेखि असोज तेस्रो हप्तासम्म आइपुग्दा चार दर्जन बढी चलचित्र रिलिज भइसकेका छन् । तर, लगानी सुुरक्षित गर्न भने फिल्म ‘नाईं नभन्नू ल ५’ ले मात्र सफल भयो । फिल्म ‘रामकहानी’ को सुरुवाती कलेक्सन सुखद रहे पनि सफलता भने हात पार्न सकेन ।

त्यसपछि चलचित्र कथा काठमाडौंले दर्शकको साथ पाइरहेको भए पनि चलचित्रले अझै आफ्नो लागनी सुरक्षित गर्न सकेको छैन । त्यस्तै, पत्रकार ऋषि धमलाद्वारा निर्मित चलचित्र अनुराग न नेताले हेरेर चल्यो न त हिरो–हिरोइन नै रोएर चल्यो ।

असोज ५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ले सफलतापूर्वक तेस्रा सातामा पनि प्रदर्शन जारी राखेको छ । बक्सअफिसमा नेपाली चलचित्रको व्यापार खडेरी लागेको अवस्थामा यो चलचित्रले केही राहत प्रदान गरेको छ ।
प्रदर्शनको पहिलो हप्तामा ३ करोड ३० लाखको कलेक्सन गरेको फिल्म दोस्रो सातामा पनि प्रभावशाली देखिएको छ । निर्माता प्रज्वल सम्सेर जबराका अनुसार, दोस्रो हप्तामा फिल्मले घरेलु बजारबाट एक करोडको कारोबार गरेको छ । उक्त फिल्मको दुई हप्ते कलेक्सन ४ करोड ३० लाख ग्रस भएको निर्माण पक्षको दाबी छ । तेस्रो हप्ताबाट फिल्म राजधानी बाहिरका अधिकांश सिंगल पर्दाबाट उत्रिएको छ भने मल्टिप्लेक्समा अझै टिकिरहेको छ । राजधानीभित्र फिल्मले मल्टिप्लेक्समा अझै आफ्नो उपस्थिति कायम राख्दा मध्यमवर्गिय दर्शकको भीड लाग्ने केही सिंगल स्कृनमा पनि चलिरहेको छ ।

‘छक्का पञ्जा ३’ रिलिजसँगै यो फिल्म अधिकांश हलबाट उत्रने पक्का छ । तेस्रो सातामा चलचित्र प्रदर्शनरत भए पनि चलचित्रले लगानी सुरक्षित गर्न सकेको छैन । घरेलु बजारबाट ६ करोडमाथि कलेक्सन गर्न सफल भएमात्र चलचित्रले लगानी सुरक्षित गर्ने बुझिएको छ । । निर्माता प्रज्वलले भने फिल्मको कलेक्सनबाट सन्तुष्ट रहेको बताएका छन् । ’फिल्मले जति कमाएको छ त्यसबाट हामी खुसी छौं । नयाँ प्रोजेक्टका लागि थप उर्जा मिलेको छ’, उनले भने ।

‘इन्टु मिन्टु लण्डनमा’ टिमले अब ‘म २१ वर्ष’ नामक फिल्म निर्माण गर्दैछ, जसमा अभिनेता धिजर मगर दोहोरिनेछ । यो फिल्मबाट अभिनेता धिरजलाई सम्भावना बोकेको अभिनेताको रुपमा हेरिएको छ । उनको उपस्थिति गिनेचुनेका अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कालाई थ्रेट हुने चर्चा सुरु भएको छ ।

गएको शुक्रवारबाट देशभर प्रदर्शनमा आएको यो फिल्म दोस्रो हप्ताबाट उपत्यका भित्र र बाहिरका प्रायः अधिकांश मल्टिप्लेक्सबाट उत्रिएको छ । सिंगल पर्दामा भने फाट्टफुट्ट अझै छ । तर, दर्शकको उपस्थिति पट्यारलाग्दो छ । आफ्नी श्रीमतीलाई हिरोइनको रुपमा स्थापित गर्न ऋषि धमलाले फिल्म हिट बनाउन सक्ने जति सबै अस्त्र प्रयोग गरे । हलमा पुगेर दर्शकको हात समात्दै टिकट काउन्टरसम्म पु¥याए । फिल्म हेर्न नेतादेखि कलाकारसम्म बोलाए । तर पनि चलचित्रले दर्शकको साथ पाउन नसकेको अवस्था देखिएको छ ।