
काठमाडौं । स्रोत नखुलेको नगद पाँच लाख रुपैयाँसहित रौतहटबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारका ४८ वर्षीय त्रिभुवनप्रसाद चौधरी छन् ।
गौर नगरपालिका–२ स्थित दशगजा जाने बाटोबाट आइतबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका उनलाई उक्त रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।