पाइपलाइनको माध्यमले पेट्रोलियम पदार्थ भारतवाट नेपाल भित्रने भारतीय पेट्रोलियम मन्त्रीको भनाई

title
शनिबार, अशोज १३, २०७५

पुरन शाह/धनुषा । भारतको केन्द्र सरकारका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले पाइपलाइनको माध्यमले पेट्रोलियम पदार्थ भारतवाट नेपाल आउन लागेकाले दुई देशको सम्बन्ध झनै उचाइ लिने बताउनुभएको छ ।

धनुषाको धनुषाधाम तिर्थस्थल हुँदै जनकपुरधाम आइपुग्नुभएका मन्त्री प्रधानले नेपाली जनताको सुविधाका लागि ३ सय २२ करोडको लगानीमा भारतको मोतिहारीवाट नेपालको अमलेखगञ्ज सम्म ६९ किलो मिटर पाइपलाइनको काम अन्तिर चरणमा रहेको जानकारी दिनुभयो ।

धनुषाधाम स्थित धनुषमन्दिरमा समेत मन्त्री प्रधानले पुजापाठ गर्नुभएको थियो । धनुषाधाममा दुवै मन्त्रीहरुले शिप विकास तालिम केन्द्रको उदघाटन समेत गरेका थिए । बाणिज्य तथा आपुर्ती मन्त्री मातृकाप्रसाद यादवले पाइपलाईनको काम करिव ६० प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो ।