पाकिस्तानले रुट नदिएपछि नेपाल आउने जहाजको उडान प्रभावित

title
बुधबार, फाल्गुन १५, २०७५

काठमाडौँ । भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वका कारण नेपालको उडान सेवामा प्रतिकुल समेत परेको छ । पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो हवाई मार्ग प्रवेशमा रोक लगाएपछि नेपालबाट भारत हुँदै पाकिस्तानको रुट प्रयोग गर्नुपर्ने विमानका उडान प्रभावित भएर उडान सेवामा असर परेको हो ।

पाकिस्तानले भारतबाट प्रवेश गरेर आफ्नो रुट प्रयोग गर्न अनुमति नदिएपछि बुधबार उडान भरिसकेको इत्तिहात एयरको जहाज काठमाडौंमै फर्किएको छ । त्यस्तै नेपालबाट उड्नुपर्ने टर्किस एयरलाइन्सको जहाज पनि विमानस्थलमै रोकिएको छ ।

यस्तै, कतार, फ्लाई दुवई लगाएतका उडान समेत प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बताए । महाप्रबन्धक क्षेत्रीका अनुसार, विमानहरु अन्यत्र डाइभर्ट गरेर उडाइएको छ ।

यता भारत पाकिस्तान तनावका कारण भारतका पाँचवटा विमानस्थलमा पनि उडान प्रभावित भएको छ । भारतको श्रीनगर, जम्मु, लेह, अमृतसर र चण्डीगढ विमानस्थलको उडान प्रभावित भएको हो । केहीदिन यता भारत–पाकिस्तानबीच तनाब बढिरहेको छ ।