पाकिस्तानविरुद्ध भारत ८ विकेटले विजयी

title
बिहिबार, अशोज ४, २०७५

काठमाडौं– एसिसी एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानलाई पराजित गरेको छ। एसिया कपअन्तर्गत समूह ‘ए’ भारतले पाकिस्तानलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेका हुन्। जितसँगै भारत समूह विजेता बनेर सुपर–४ मा पुगेको छ। हङकङलाई पराजित गरेको पाकिस्तान उपविजेता बनेर अन्तिम ४ मा पुग्यो। समूह बीबाट बंगलादेश र अफगानिस्तान सुपर–४ मा पुगिसकेका छन्।

पाकिस्तानले दिएको १ सय ६३ रनको झिनो लक्ष्य भारतले २९ ओभरमा २ विकेटको क्षतिमा पार गर्यो। भारतका लागि कप्तान रोहित शर्माले ५२ रन जोडे भने उनका ओपनिङ जोडी शिखर धनवले ४६ रन बटुले। अम्बाती रायादु र दिनेश कार्तिकले नटआउट ३१–३१ रन जोडे।

त्यसअघि पाकिस्तान ४३.१ ओभरमा १ सय ६२ रनममै अलआउट भएको थियो। उसका लागि बाबर अजामले सबैभन्दा बढी ४७ रन जोडे। सोएब बलिङले ४३ रनको योगदान गरे। ओपनरद्वय इमाम उलहक २ र फकर जमान ० रनमा आउट भए।

दुवैलाई भारतका भुवनेश्वर कुमारले आउट गरे। फहिम असरफले २१ र मोहमद अमिरले नटआउट १८ रन जोड्दा ७ ब्याट्सम्यान दोहोरो अंकमा रन जोडन् नपाइ पेभेलियन फर्किए। बलिङमा भारतका कुमारले ३ विकेट लिए भने केदार जादवले पनि ३ विकेट नै हात पारे। जसप्रित बुमहारले २ विकेट र कुलदीप यादवले १ विकेट लिन सफल भएका थिए ।