पाकिस्तानी सुपर लिगको ड्राफ्टमा सन्दीप र सोमपाल

title
मङ्लबार, कार्तिक २७, २०७५

काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सहित अर्का नेपाली राष्ट्रिय टिमका तीब्र गतिका बलर सोमपाल कामी पाकिस्तान सुपर लिगको ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिगले सार्वजनिक गरेको ड्राफ्टमा सहभागी सन्दीपसँगै सोमपाल पनि गरेका हुन् ।

पीसीएलका लागि आयोजकले प्लाटिनम, डायमण्ड, गोल्ड, सिल्भर र इमर्जिङ्ग श्रेणीमा ड्राफ्टमा रहेका खेलाडीहरु सार्वजनिक गरेको हो । नेपाली खेलाडीमा सोमपाल कामी दोस्रो पटक विदेशी लिगको ड्राफ्टमा परेका हुन । यसअघि उनी अफगानिस्तान प्रिमियर लिगको ड्राफ्टमा परेका थिए ।

पाकिस्तान सुपर लिग सोमपाल बिदेशी खेलाडी कोटाको सिल्भर श्रेणीमा रहेका छन् भने सन्दीप लामिछाने बिदेशी खेलाडी अन्तर्गत नै गोल्ड श्रेणीमा रहेका छन् । गोल्ड श्रेणीमा रहेका सन्दीपको मूल्य ड्राफ्टमा कम्तिमा ५० हजार डलर तथा सिल्भर कोटामा रहेका सोमपालको मूल्य ड्राफ्टमा २२ हजार डलर हुने बताइएको छ ।

सन्दीप रहेको श्रेणीमा सिकन्दर राजा, उपुल थारंगा, जेम्स भिन्स, ब्रेन्डन टेलर, मार्लन स्यामुएल्स, केभिन ओ ब्रायन, रभी बोपारा, स्टेभेन फिन, आन्द्रे फ्लेचर रहेका छन् । यस्तै सोमपाल रहेको सिल्भर श्रेणीमा केल कोट्जर, जिभन मेंडीस,दसुन शनाका, रोहन मुस्तफा, पिटर बोरेन, अफताब आलम, इम्रुल केयस, अंशुमन रथ, नजीबुल्लाह जाद्रान, सौम्य सरकार,बाबर हायात जस्ता खेलाडी छन् ।