पानी छोइएको निहुँमा वडाध्यक्षले युवालार्इ कुटेपछि…

title
बुधबार, अशोज ३, २०७५

काठमाडौं । जनप्रतिनिधि नै छुवाछुतका पक्षधर भएपछि समाजमा दलितमाथिको विभेद कहिले हट्ला ? पानी छोइएको निहुँमा वडाध्यक्षद्वारा वडा कार्यालयमै दलित युवा पिटिएका छन् ।

नयाँ पत्रिकाले लेखेको छ, सर्लाहीको विष्णु गाउँपालिका–२ का वडाध्यक्ष सञ्जय साहले स्थानीय दलित युवा अजय रामलाई पानी छोएको भन्दै कुटपिट गरेका हुन् । चारवर्षीय छोराको पोषण भत्ता लिन वडा कार्यालय पुगेका रामले वडाध्यक्षको टेबलमा रहेको पानीको जग उठाउन खोज्दा कुटपिट भएको हो ।

दलित कुट्ने वडाध्यक्ष साहलाई कारबाही माग गर्दै संयुक्त दलित संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई ज्ञापन पत्र बुझाएको छ ।