पानी र बिजुलीको जानकारी ‘एप्स’बाटै

title
शुक्रबार, कार्तिक १६, २०७५

काठमाडौं । देशभरका सबै खोलानालाबाट बग्ने पानी र विद्युतको अवस्थाबारे विस्तृत जानकारी दिने एनपावर र एनवाटर नामक मोबाइल एप्लिकेसन (एप्स) बन्ने भएको छन् ।

राष्ट्रिय योजना आयोगले स्थानीदेखि केन्द्रिय तहसम्मको योजनाहरुको निमार्णमा सहजीकरणका लागि दुई एप्स निमार्ण गर्न लागेको हो । कुन खोलामा कति पानी छ देखि कुन ठाउँसम्म कति विद्युतीकरण भएको छ भन्नेसम्मको विस्तृत विवरण दिने गरी एप्स बनाउन लागेको आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले जानकारी दिनुभयो।

एप्स बनाएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई सहज रुपमा प्रारम्भिक जानकारी भएर जलविद्युत् आयोजनहरुलाई लागनीका लागि सहज हुनेछ । यो खबर कारोबार दैनिकमा छ।