पारवहनमा भारतको एकाधिकार तोडियो,अब चीन हुँदै तेस्रो मुलुकमा व्यापार गर्न सकिने

title
शनिबार, भदौ २३, २०७५

चीनसँग पारवहन सम्झौताको प्रोटोकलमा सहमति भएसँगै नेपालको पारवहनमा भारतको एकाधिकार औपचारिक रूपमै तोडिएको छ ।

नेपाल र चीनबीच सन् २०१६ मा भएको पारवहन सम्झौताको प्रोटोकलमा शुक्रबार सहमति भएको हो । यससँगै नेपालले चीन हुँदै तेस्रो मुलुकसँग आयात–निर्यात गर्न सक्नेछ ।

प्रोटोकल सहमतिअनुसार नेपालले चीनका सबै खुला बन्दरगाह प्रयोग गर्न, जुनसुकै मार्गबाट ढुवानी गर्न, सबैखाले यातायात माध्यमको प्रयोग गर्न, ६ नाकाबाट पारवहन ढुवानी गर्न र सिगात्सेसम्म आफ्नै ढुवानी साधन लैजान सक्नेछ ।

अब नेपालले चीन हुँदै जापान, कोरिया, मंगोलिया, काजकिस्तानलगायत मध्य एसिया र युरोप तथा अमेरिकासम्म व्यापार गर्न सक्नेछ । पारवहन सम्झौता तथा प्रोटोकल कार्यान्वयनका समस्या समाधानका लागि सचिव र सहसचिवस्तरका दुईवटा स्थायी संयन्त्रसमेत बनाइने भएको छ । नयाँ पत्रिकामा समाचार छ ।