चार नेपाली क्रिकेटर टी–२० वरीयतामा

title
मङ्लबार, साउन २२, २०७५

काठमाडाैँ । नेपालका ४ जना क्रिकेट खेलाडिहरु आइसीसी टी–२० को वरियतामा परेका छन् । व्याटिङ्तर्फ नेपालका अलराउन्डर तथा कप्तान पारस खड्का तथा अर्का अलराउन्डर व्याटसम्यान शरद भेषावकर शिर्ष  एक सयमा परेका छन् ।

यस्तै वलिङतर्फ नेपालका सर्वाधीक सफल स्पिनर बसन्त रेग्मी र फास्ट बलर सोमपाल कामी शिर्ष सयमा पर्न सफल भएका छन् ।

आइसीसीले जारी गरेको वरियता अनुसार नेपालका कप्तान खड्का व्याटिङ तर्फ ९० औं स्थानमा छन् । उनीभन्दा पछाडि वेस्टइण्डिजका कायरन पोर्लाड, अष्ट्रेलियाका पूर्व कप्तान जर्ज वेली लगायत रहेका छन् । पोर्लाड तथा वेलीले अन्तर्राष्ट्रिय क्रिकेट नखेलेको लामो समय भएको छ । पारसको २६५ तथा शरदको २३८ रेटिङ छ । शरद  ९८ स्थानमा रहेका छन् ।