पार्टीभित्रको कमजोरीलाई शिर्ष नेतृत्वले सम्बोधन गर्न सकेन : काग्रेस नेता सिंह

title
शनिबार, जेष्ठ १८, २०७६

काठमाडौ । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रको कमजोरीलाई शिर्ष नेतृत्वले सम्बोधन गर्न नसकेको आरोप लगाए ।

कांग्रेस रौतहट काठमाडौ सम्पर्क समितिले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले पार्टीको नीतिगत र सैद्धान्तिक सवालमा देखिएको कमजोरीलाई शिर्ष नेतृत्वले सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् ।

पार्टी नेतृत्वमा बस्ने नेताहरुले बिधान विपरित काम गरेको टिप्पणी पनि पनि गरे । बिधानलाई नै टेकेर पार्टीको शिर्ष नेतृत्वमा पुगेपनि बिधानले निर्देशित गरेका कामहरु भने उनीहरुले गर्न नसकेको नेता सिंहको भनाई छ । अहिलेको चूनौती भनेको एकले अर्कालाई होच्चाउने भन्दा पनि एकतावद्ध भएर अघि बढ्नु नै रहेको उनले जिकिर गरे । नियमसम्वत र विधिसम्वत पार्टी सञ्चालन हुन नसकेको पनि बताए ।

फरक प्रसंगमा सरकारले नै संघीयतालाई कमजोर पार्ने काम गरेको भन्दै काग्रेसले शसक्त रुपमा प्रतिपक्षीको भूमिका निर्वाह गर्दे संघीयतालाई थप बलियो बनाउनुपर्ने धारणा पनि राखेका छन् ।