पार्टी कुनैपनि हालतमा विभाजन नगर्नेे राप्रपा(संयुक्त)का अध्यक्षद्धयको प्रतिवद्धता

title
शनिबार, फाल्गुन २५, २०७५

कृष्ण आचार्य/चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्धयले पार्टी कुनैपनि हालतमा विभाजन नगर्नेे प्रतिवद्धता दोहो¥याएका छन् ।

चितवनको भरतपुरमा गरिएको जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्षद्धय पशुपति शमशेर राणा र डा.प्रकाश चन्द्र लोहोनीले यस्तो प्रतिबद्धता जनाएका हुन् । राप्रपा संयुक्तका अध्यक्ष राणाले पार्टी कहिल्यै नफुट्नेगरी मिलेको बताउनुभयो । राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्र आन्दोलनबाटै स्थापित गर्ने तयारी स्वरुप देशव्यापी रुपमा पार्टी सुदृढिकरणको अभियानमा लागेको उहाँले बताउनुभयो ।

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी भित्रको कलहका कारण जनताले मत नदिएको बताउनुभयो । पार्टी एक भए संधै जनताको विश्वास जित्न सकिने उहाँले बताउनुभयो ।

संविधनले दिएको संविधान संशोधन गर्ने अधिकार टेकेर राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दु राष्ट्र स्थापना गर्ने नेताद्धयको भनाइ छ ।